FAQs Complain Problems

सरावलमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ,११४ जनालाई रोजगारी प्रदान गरीदै

 

 

नवलपरासीको सरावल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको  शुभारम्भ मिति २०७६/०३/०७ गते भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गरेको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ११४ जनाले बिस दिनकाे अवधिसम्म काम गर्न पाउनेछन् । प्रत्येक कामदारको दैनिक ५१७ रुपैयाँ ज्याला रहेको रहेको गाउँपालिका राेजगार अधिकृत श्री नीरज ठाकुरले बताउनु भयो  ।

युवाहरुले सरावल गाउँपालिकाको विभिन्न श्रममुलक बाटाेघाटाे ,कुलाे ,बाेटबृक्ष, सार्वजनिक भवन ,खानेपानी क्षेत्रमा रही काम गर्ने छन् । यो कार्यक्रमले मुलुकको आवश्यकतामा रोजगारी सिर्जना गर्दै विगतमा वैदेशिक रोजगारका नाममा वाहिरिदै आएका नेपाली श्रमिकलाई स्वदेशमै रोजगार दिने काम सरकारले गरेको र राष्ट्रबाट ठूलो मात्रामा विदेशिने रकमलाई रोक्न समेत यस कार्यक्रमले सहयोग पुर्‍याउने, साथै आएको बजेटको ३ प्रतिशत रकमको आवश्यक साम्रग्री खरिद गरिने र ७०% रकम ज्याला स्वरुप श्रमिकहरुलाई प्रदान गरिने गाँउपालिकाका अध्यक्ष श्री राधेश्याम चाैधरीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अगामि अार्थिक बर्षमा श्रम तथा सिपमुलक कामकाे प्राथमिकता दिदै अन्य ब्यक्तिलाई रोजगार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत श्री झबिश्वर रेग्मीले जानकारी दिनुभएको छ ।

गाउँमा नै रोजगार पाएपछि स्थानीय स्तरमा बेरोजगार रही बसेकाहरु खुसी बनेका छन् । पहिलो चरणमा सरावल गाउँपालिकाका १ देखि ७ नम्बर वडाका बेरोजगार युवाहरुले रोजगार पाउन सफल भएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रममा सरावल गाउँपालिकाका २१२४ जनाले बेरोजगारी सुचिमा आबेदन दिइएका थिए । जसमध्ये २५० जना अतिबिपन्न परिवारका सदस्यलाई सुचिकृत गरिएकाे थियाे। त्यसमध्ये ११४ जनाले श्रममुलक कार्यकाे लागि इक्षा जाहेरगरि श्रमकाे सम्मान राष्ट्रिय अभियानमा सम्लग्न भएका हुन ।

 वेरोजगारको सुचीमा नाम दर्ता गराएकालाई हाते सामाग्री हस्तान्तरण गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले गरे ।रोजगार कार्यक्रमको सुरुवात गर्दै सरावल गाउँपालिका अध्यक्ष चौधरीले मानविय श्रोत साधनले सम्भव हुने विकास निर्माण काममा ठुलो मेसिनलाई विस्थापित गरिने वताए ।साथै अध्यक्ष चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमले वेरोजगार भएकाहरुलाई थोरै भएपनि राहत मिल्ने विश्वास व्यक्त गरे । 

 

आर्थिक वर्ष: